सुनको मूल्य तोलामा पाँच हजारले वृद्धि

जेष्ठ ७, २०८२

रासस

The price of gold increased by five thousand tolas

काठमाडौँ — अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ र विगत तीन दिनदेखि  स्थिर रहेको  पहेँलो धातुको मोल आज तोलामा पाँच हजारले वृद्धि भएको छ । चाँदी पनि तोलामा ५० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८९ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी एक हजार ९९० मा कारोबार भइरहेको छ । 

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३२१ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

रासस

Link copied successfully