काठमाडौँ — नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन्।
बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय पुगेर उनले पदभार सम्हालेका हुन्।
पौडेललाई मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नरमा नियुक्त गरेको थियो । पद रिक्त हुनुभन्दा एक महिनाअघि नै गभर्नर नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्थाविपरीत सत्तारूढ कांग्रेस र एमालेबीचको राजनीतिक खिचातानीका कारण ४४ दिनपछि मात्र गभर्नर चयन गरिएको हो ।
सत्तारूढ कांग्रेस र एमालेबीच कुरा मिल्न नसक्दा सरकारकै प्रमुख आर्थिक सल्लाहकार राष्ट्र बैंक गत २५ चैतदेखि नेतृत्वविहीन थियो ।
