गभर्नरका लागि तीन जनाको नाम सिफारिस

जेष्ठ ६, २०८२

कान्तिपुर संवाददाता

Recommend three names for governor

काठमाडौँ — उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समिति बैठकले विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

समितिको सिफारिसअनुसार मन्त्रिपरिषद‌्को जारी बैठकले एक जनालाई गभर्नर नियुक्त गर्ने छ । 

कान्तिपुर

Link copied successfully