सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

जेष्ठ ६, २०८२

रासस

Gold prices steady, silver modestly down

काठमाडौँ — स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा पनि सामान्य घटीबढी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु एक हजार ९४० मा कारोबार भइरहेको छ । सोमबार एकतोला चाँदी रु एक हजार ९४५ मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार दुई सय २८ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

रासस

Link copied successfully