काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १९.३० अंकले बढेको छ । शून्य दशमलव ७४ प्रतिशतले बढेर २६२८.३६ बिन्दुमा उक्लिएको छ ।
कुल १८५ कम्पनीको सेयर मूल्य बढ्यो भने ६० कम्पनीको मूल्य घट्यो । २ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज ७१ हजार २८७ पटकको सेयर किनबेचबाट ७ अर्ब ३५ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
कुल १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता सेयर किनबेच भए । आज अधिकांश उपसमूहहरू बढ्यो ।
