काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २.६९ अंकले घटेको छ । शून्य दशमलव १० प्रतिशतले घटेर २ हजार ६ सय ९ दशमलव शून्य पाँच विन्दुमा ओर्लिएको हो । गत वैशाख २५ यता नेप्से लगातार घटिरहेको छ ।
कुल एक सय कम्पनीको सेयर मूल्य बढ्यो, १४५ कम्पनीको मूल्य घट्यो भने एक कम्पनीको मूल्य स्थिर रह्यो ।
आइतबार कुल ७९ हजार ८९३ पटकको सेयर किनबेचबाट ८ अर्ब ५० करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता सेयर किनबेच भयो ।
आज लघुवित्त, अन्य र होटल तथा पर्यटन उपसमूह मात्रै बढ्यो । बाँकी सबै उपसमूहहरु घट्यो । व्यापार १६४.८८, विकास बैंक १२६.२्९, निर्जीवन बिमा १०९.२७ अंकले घट्यो ।
