८.४१ अंकले घट्यो नेप्से

जेष्ठ १, २०८२

कान्तिपुर संवाददाता

NEPSE decreased by 8.41 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ८.४१ अंकले घटेको छ । नेप्से शून्य दशमलव ३२ प्रतिशतले घटेर २ हजार ६ सय ११.८५ विन्दुमा बन्द भएको छ । 

कुल ८२ कम्पनीको सेयर मूल्य बढ्यो, १६४ कम्पनीको मूल्य घट्यो । एकक कम्पनीको मूल्य स्थिर रह्यो । 

कुल ७८ हजार ४९३ पटकको सेयर किनबेचबाट ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आज १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर किनबेच भयो । 

कुल १३ उपसमूहमध्ये होटल तथा पर्यटन ३२२.८२, व्यापार ३०.८४ र सामूहिक लगानी कोष शून्य शमलव शून्य ५ प्रतिशतले बढ्यो । विकास बैंक, लघुवित्त, जलविद्युत्, निर्जीवन बिमा, जीवन बिमालगायत उपसमूहहरु घट्यो । 

कान्तिपुर

Link copied successfully