इन्धनको मूल्य घट्यो

जेष्ठ १, २०८२

कान्तिपुर संवाददाता

Fuel prices fell

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेको जनाउँदै निगमले यहाँ पनि मूल्य घटेको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाउने निर्णय भएको छ । 

नयाँ मूल्यअनुसार अब उपत्यकामा पेट्रोल १ सय ५७ रुपैयाँ, डिजेल र मट्टितेल १ सय ४२/१ सय ४२ रुपैयाँ पर्नेछ । नयाँ मूल्य बिहीबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ । 

कान्तिपुर

Link copied successfully