काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १३.९६ अंकले घटेको छ । शून्य दशमलव ५३ प्रतिशतले घटेर २ हजार ६२०.२७ विन्दुमा ओर्लिएको छ । निरन्तर चार कारोबार दिनयता नेप्से घटिरहेको छ ।
कुल ६२ कम्पनीको सेयर मूल्य बढ्यो भने १८३ कम्पनीको मूल्य घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो । कुल १ लाख १२ हजार ५७७ पटकको सेयर किनबेचबाट ८ अर्ब ७३ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार ९ अर्ब ६३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
कुल १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर किनबेच भयो । आज विकास बैंक र अन्य उपसमूहबाहेक सबै उपसमूहहरु घट्यो । विकास बैंक ६५.०५ र अन्य ५५.१२ अंकले बढेको छ ।
घट्ने उपसमूहहरुमा नै जिवन बिमा, होटल तथा पर्यटन, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधनलगायत रह्यो ।
