काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १४.८७ अंकले घटेको छ । शून्य दशमलव ५६ प्रतिशतले घटेर २ हजार ६ सय ३४.२३ विन्दुमा ओर्लिएको हो ।
लगातार तेस्रो कारोबार दिन नेप्से परिसूचक घटेको नेप्सेले जनाएको छ । आइतबार १२.५३ अंकले घटेको थियो । कुल ७७ कम्पनीको सेयर मूल्य बढ्यो भने १६८ कम्पनीको मूल्य घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो ।
आज १ लाख २ हजार ४४५ पटकको सेयर किनबेचबाट ९ अर्ब ६३ करोड ४८ करोड लाख रुपैयाँ कारोबार भएको छ । कुल २ करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर खरिदबिक्री भयो ।
विकास बैंक, जिवन बिमा, उत्पादन तथा प्रशोधनबाहेक सबै उपसमूहहरु घटे ।
