बजेटमा नागरिकको क्रयशक्ति र उद्यमीको उत्पादन तथा उत्पादकत्व बढाउने कार्यक्रम ल्याउन सुझाव

वैशाख २८, २०८२

कान्तिपुर संवाददाता

Suggestion to introduce programs to increase the purchasing power of citizens and the production and productivity of entrepreneurs in the budget

काठमाडौँ — निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी वर्षको बजेटमा सरकारले  नागरिकको क्रयशक्ति र उद्यमीको उत्पादन तथा उत्पादकत्व बढाउने कार्यक्रम ल्याउन माग गरेको छ । महासंघले आइतबार आयोजना गरेको पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीले आगामी बजेटमा लगानीलाई प्रोत्साहन गर्ने नीति आउने अपेक्षा व्यक्त गरे ।

यस पटकको बजेटले सामाजिक न्यायसहितको खुला अर्थतन्त्रको विस्तार, नयाँ चरणको आर्थिक सुधारका लागि संरचनात्मक परिवर्तन, निजी क्षेत्र प्रवर्द्धन, शुसासन अभिवृद्धि एवं राजश्व परिचालन तथा सार्वजनिक खर्चको प्रभावकारिता जस्ता पक्षलाई आफ्ना उद्देश्य र प्राथमिकतामा समेटिनु पर्नेमा उद्योगी व्यवसायीको सुझाव थियो ।

साधारण खर्च घटाइ विकास खर्च बढाउने र सर्वसाधारणको क्रयशक्ति एवं उद्यमीको उत्पादन तथा उत्पादकत्व बढाउने कार्यक्रम यस पटकका प्रमुख आकर्षण हुनुपर्नेमा उनीहरुको जोड थियो । महासंघले देशभरबाट गरेको अध्ययनअनुसार उद्योग व्यवसाय विस्तारको मुख्य बाधकका रुपमा नीतिगत अस्थिरता रहेको छ । 

धेरै देशले राजनीतिक स्थायित्व नहुँदा पनि नीतिगत र संस्थालाई स्थिर बनाई आर्थिक उन्नति हासिल गरेका छन् । त्यसैले नीतिगत स्थिरता अहिलेको प्रमुख आवश्यकता भएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । ‘निजी क्षेत्रको महत्वलाई सार्वजनिक रुपमा सबै दलले स्वीकार गरि उद्यमी व्यवसायीले सम्मानित भई व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चिता हो,’ उनले भने, ‘महासंघ र विश्व बैंकले गरेको अध्ययनअनुसार ८१ प्रतिशत अर्थतन्त्रमा निजी क्षेत्रको योगदान छ । यसैगरी ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिएको छ ।’

कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव २ प्रतिशत मात्रै वैदेशिक लगानी आएको छ । यस्तो अवस्थामा सबै क्षेत्रलाई समेट्ने गरी आँउदो बजेटमा २०८२/९२ लाई लगानी दशक घोषणा गरी स्थायित्वमा विशेष ध्यान दिनुपर्ने अध्यक्ष ढकालले बताए ।  

यस्ता छन्, आगामी बजेटमा महासंघका मुख्य केही सुझाव

कान्तिपुर संवाददाता

Link copied successfully