काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार ११.५३ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ४९.११ विन्दुमा ओर्लेर बन्द भएको छ ।
गत बिहीबार घटेर बन्द भएको नेप्सेले आइतबार पनि सोही प्रवृत्ति पछ्याएको हो । सो दिन कारोबारमा आएकामध्ये ८२ कम्पनीको सेयर मूल्य बढ्यो भने १६४ वटाको घट्यो ।
८८ हजार ९ सय ५५ पटकको सेयर कारोबारमा २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १० अर्ब २० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । गत बिहीबार सेयर बजारमा ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, होटेल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा र व्यापारको परिसूचक बढे । बाँकी सबै उपसमूहको परिसूचक घटेको नेप्सेले जनाएको छ ।
