विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब  

वैशाख २८, २०८२

कान्तिपुर संवाददाता

Foreign exchange reserves 24 trillion 26 billion

काठमाडौँ — गत चैतसम्म मुलुकको कुल विदेशी मुद्रा सञ्चिति करिब साढे २४ खर्ब रुपैयाँ नाघेको छ । गत असारको तुलनामा चैतसम्म विदेशी मुद्रा सञ्चिति १८.९ प्रतिशतले बढेर २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ । २०८१ असारमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

‘अमेरिकी डलरमा गत असारमा १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको विदेशी मुद्रा सञ्चिति चैतसम्म १५.४ प्रतिशतले बढेर  १७ अर्ब ६३ करोड पुगेको छ,’ राष्ट्र बैंकले भनेको छ ।

नौ महिनाको आयातलाई आधार मान्दा मुलुकको कुल विदेशी मुद्रा सञ्चितिले १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully