इन्धन आपूर्ति र वितरणमा कुनै समस्या छैन : निगम 

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

No problem in fuel supply and distribution: Corporation

काठमाडौँ — भारत-पाकिस्तान द्वन्द्व चर्किइरहेका बेला नेपाल आयल निगमले इन्धन आपूर्तिमा कुनै समस्या नभएको बताएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले अहिलेसम्म आयात र वितरण प्रणालीमा कुनै अवरोध नभएको बताए ।

 उनले भने, 'हामीले मागेअनुसार इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले ग्यास र पेट्रोल डिजेल पठाइरहेको छ ।'

आईओसीले पनि शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत इन्धन आपूर्तिमा कुनै समस्या नहुने भन्दै सर्वसाधारणलाई नआत्तिन अपिल गरेको छ । आईओसीले भनेको छ, 'देशभर पेट्रोल, डिजेल र एलपीजी ग्यासको पर्याप्त भण्डारण छ ।...हामी तपाईंहरूलाई यो आग्रह गर्छौं कि आत्तिएर अतिरिक्त खरिद नगर्नुहोला ।' आपूर्ति शृंखला पनि पहिलेकै जसरी सञ्चालित भइरहेको आईओसीको भनाइ छ । 

कान्तिपुर संवाददाता

Link copied successfully