फेरि घट्यो नेप्से, साढे ११ अर्ब रुपैयाँको कारोबार

वैशाख २५, २०८२

कान्तिपुर संवाददाता

NEPSE decreased again, turnover of 11.5 billion rupees

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १२‍‍‍.०४ अंकले घटेको छ । दुई कारोबार दिनपछि फेरी नेप्से घटेको हो । गत सोमबार १‍.०३ र मंगलबार ६२.२५ अंकले बढेको थियो ।

शून्य दशमलव ४५ प्रतिशतले घटेर नेप्से २६६१.६४ विन्दुमा ओर्लिएको हो ।

कुल ९६ कम्पनीको सेयर मूल्य बढ्यो भने १५० कम्पनीको मूल्य घट्यो । आज १ लाख ३ हजार ३१९ पटकको सेयर किनबेचबाट ११ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कुल ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच भए । 

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकिर्ट ब्रेक लाग्यो ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, सानीमा माई हाइड्रोपावर युनिभर्सल पावर कम्पनी राधी विद्युत् कम्पनी र अपि पावर कम्पनी अघि रह्यो । 

कान्तिपुर

Link copied successfully