नेपाल राष्ट्र बैंकद्वारा पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

The pre-budget review report submitted by Nepal Rastra Bank to the Ministry of Finance

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ ।  नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएकी हुन् । 

कायम मुकायम गभर्नर तिम्सिनाले देशका विभिन्न ठाउँमा पुगेर अध्ययन तथा छलफल गरी प्रतिवेदन तयार पारेको जानकारी गराइन् । अर्थमन्त्री पौडेलले प्रतिवेदनले आगामी वर्षको बजेट निर्माणमा महत्त्वपूर्ण सहयोग पुर्‍याएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully