अन्तर्राष्ट्रिय उडान सञ्चालन माग गर्दै गौतम बुद्ध विमानस्थल प्रवेशद्वारमा धर्ना

वैशाख २४, २०८२

दीपेन्द्र बडुवाल

Dharna at the entrance of Gautam Buddha Airport demanding operation of international flights

भैरहवा — दुई महिनायता रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन भएपछि यहाँस्थित निजी क्षेत्रका संघसंस्था आन्दोलित बनेका छन् । नियमित अन्तर्राष्ट्रिय उडान माग गर्दै उद्योग-व्यवसायसित सरोकारवाला र सामाजिक संघसंस्थाले दबाबपूर्ण कार्यक्रम सुरु गरेका छन् ।

यसअघि ज्ञापनपत्र, छलफलमार्फत विमानस्थल सञ्चालनका लागि दबाब सिर्जना गर्दै आएका संघसंस्थाले विमानस्थलको प्रवेशद्वारमा एक घण्टा प्रदर्शन गरेका हुन् । 

उद्योग–व्यापार संगठन रुपन्देही (चेम्बर अफ कमर्स) को अगुवाइमा गरिएको दबाबमूलक धर्ना कार्यक्रममा जिल्लाका दुई दर्जनभन्दा बढी संघसंस्था ब्यानरसहित सहभागी भएका थिए । प्रदर्शनमा सहभागीले अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन यसअघि गरिएका वाचा पूरा गर्न सरकारसित माग गरेका थिए ।

विमानस्थल सञ्चालनका लागि मुलुकका सबै राजनीतिक दलका प्रमुख र  पूर्व र वर्तमान प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा समेत कुनै सुनुवाइ नभएपछि दबाबपूर्ण आन्दोलनमा उत्रिनु परेको उद्योग–व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताए । 

अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार छेकेर उनीहरूले ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले विमानस्थल सञ्चालनका लागि आवश्यक म्यानपावर, भिसा र मेडिकल सेन्टर तत्काल खोल्न माग गरेका थिए । 

Dharna at the entrance of Gautam Buddha Airport demanding operation of international flightsसिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले सरकारले पटकपटक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने वाचा गरेर स्थानीय बासिन्दा र निजी क्षेत्रको आँखामा धुलो छयाप्ने काम गरिरहेको बताए । ‘ज्ञापनपत्र र छलफल कार्यक्रमले दबाब पुग्नै छाडेपछि निजी क्षेत्र सडकमा उत्रिन बाध्य भएको हो,’उनले भने, ‘अब पनि सुनुवाइ नभए कडा आन्दोलनमा उत्रिन तयार छौं ।’

चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले विमानस्थल के कारणले ठप्प भइरहेको छ भन्नेबारे सरकारले जानकारी दिनुपर्ने बताए । ‘यो चर्को घाममा सडकमा दबाब कार्यक्रम गर्ने हाम्रो पनि रहर होइन,’उनले भने, ‘तर, सरकारले हाम्रो माग सुनेन, व्यावसायी ऋणमा डुबेको देखेन, त्यसैले बाध्य भएर संघर्षका कार्यक्रम गर्नु परेको हो ।’ रुपन्देहीको निजी क्षेत्रले लगातार विमानस्थल नियमित सञ्चालनको माग गरेपनि सरकारले नसुनेको उनले बताए । 

Dharna at the entrance of Gautam Buddha Airport demanding operation of international flightsरुपन्देहीका उद्योगी–व्यावसायीले एक वर्षअघि पनि दबाबपूर्ण कार्यक्रम सञ्चालन गरेका थिए । सिद्धार्थ होटल एसोसियन अध्यक्ष सीपी श्रेष्ठका अनुसार त्यसबेला १५ दिन विमानस्थल बाहिर धर्ना दिइएको थियो । त्यतिलेमात्र दबाब नपुगेपछि व्यावसायीको प्रतिनिधिमण्डले काठमाडौंसम्म पुगेर सरोकारवाला मन्त्रीलाई दबाब दिएका थिए । ‘सम्पूर्ण रुपन्देही जिल्ला एकजुट भएर विमानस्थल चलाउन आवाज उठाउनु पर्छ,’श्रेष्ठले भने, ‘हैन भने सुन्नेवाला देखिएनन् ।’

दीपेन्द्र बडुवाल

Link copied successfully