नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामर्थ्य स्पष्ट पारिदियो : उपसभापति वाग्ले

वैशाख २३, २०८२

कान्तिपुर संवाददाता

The policies and programs clarified the rhythm, character and strength of the government: Deputy Chairman Wagle

काठमाडौँ — रास्वपा उपसभापति स्वर्णिम वाग्लेले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामर्थ्य स्पष्ट पारिदिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उपसभापति वाग्लेले कांग्रेस–एमालेबीच भएको सात बुँदे सम्झौतासमेत मजाकजस्तो भएको टिप्पणी गरेका हुन् ।

‘देशका दुई ठूला राजनीतिक दल मिलेर सरकार चलाउँदा उत्साह हुनुपर्ने हो नि त्यस्तो छैन । देशमा ठूलो संकट हुँदा तथा आर्थिक वा प्राकृतिक प्रलय हुँदाखेरि गरिने प्रयोगको  नतिजा के छ लगभग शून्य । सात बुँदे सम्झौतामा भनिएको थियो हामी हामी भ्रष्टाचार गर्दैनौं सुशासन इत्यादि । त्यो आज मजाक भइसकेको छ,’उनले भने । 

नीति तथा कार्यक्रममै संविधान संशोधनको एउटै बुँदा समावेश नगरिएको पनि उनको भनाइ छ । त्यस्तै अर्थतन्त्र सुधारको कुरा पनि कतै उल्लेख नभएको उल्लेख गर्दै वाग्लेले भने, ‘त्यसकारण यो दुई तिहाईको सरकारको लय र चरित्र, समाथ्र्य यस्तै नै हो त । यो नीति तथा कार्यक्रमले त्यस कुरालाई न्याय गरेको छ जस्तो लाग्छ त ? सत्तारुढ दलकै राजनीतिज्ञहरुसँग छलफल गर्दा ठूलो निराशा भएको मैले पाएको छु । अब यी खुद्रे, मसिना र परिक्षित घोषणाहरुमा नीति तथा कार्यक्रम रुमलिएको छ ।’

कान्तिपुर

Link copied successfully