सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

वैशाख २३, २०८२

रासस

General increase in the price of gold and silver

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९६५ रुपैयाँमा बेचबिखन भइरहेको छ । 

गत आइतबार प्रतितोला सुन एक लाख ८४ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी एक हजार ९१० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३५७ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रासस

Link copied successfully