कालीमाटी बजार : आज कुन तरकारीको अधिकतम थोक मूल्य कति?

वैशाख २२, २०८२

रासस

Kalimati Market: What is the maximum wholesale price of which vegetable today?

काठमाडौँ — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । 

आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४५ रुपैयाँ र आलु रातो प्रतिकिलो ३२ रुपैयाँले कारोबार भइरहेको छ ।

त्यस्तै, आलु रातो (भारतीय) प्रतिकिलो ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ६०, गाजर (लोकल) प्रतिकिलो २५, गाजर (तराई) प्रतिकिलो २५, बन्दा (लोकल) प्रतिकिलो १५, बन्दा (नरिवल) प्रतिकिलो २०, काउली (स्थानीय) प्रतिकिलो ५०, मूला रातो प्रतिकिलो ४५, मूला सेतो (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो २०, भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडीको मूल्य प्रतिकिलो  ६० रुपैयाँ कायम भएको छ।

यसैगरी, मटरकोसा प्रतिकिलो १००, घिउ सिमी (लोकल) प्रतिकिलो ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८०, टाटे सिमी प्रतिकिलो ९०, भटमास कोसा प्रतिकिलो १००, तितो करेला प्रतिकिलो ३५, लौका प्रतिकिलो ३०, परबर (लोकल) प्रतिकिलो ६०, परबर (तराई) प्रतिकिलो ६०, चिचिण्डो प्रतिकिलो ५०, घिरौला प्रतिकिलो ३०, झिगुनी प्रतिकिलो ८० र फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँका दरले कारोबार भइरहेको छ।

आज फर्सी हरियो (लाम्चो) प्रतिकिलो २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५, सलगम प्रतिकेजी ८०, भिण्डी प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ । यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो ५०, पिँडालु प्रतिकिलो ९०, स्कूस प्रतिकिलो ५०, रायो साग प्रतिकिलो ६०, पालुङ्गो साग प्रतिकिलो ९०, चमसुरको साग ९०, तोरीको साग प्रतिकिलो ३५, मेथीको साग प्रतिकिलो ८०, प्याज हरियो प्रतिकिलो ५०, बकुला प्रतिकिलो ५०, तरुल प्रतिकिलो १००, च्याउ (कन्य) प्रतिकिलो २००, च्याउ (डल्ले) प्रतिकिलो ३६० र कुरिलो प्रतिकिलो ६०० रुपैयाँ तोकिएको छ।

त्यस्तै, निगुरो प्रतिकिलो ५०, ब्रोकाउली प्रतिकिलो ८०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो १००, कोइरालो प्रतिकिलो २१०, रातो बन्दा प्रतिकिलो ६०, जिरीको साग प्रतिकिलो ६५, ग्याठकोभी प्रतिकेजी ६०, सेलरी प्रतिकिलो २००, पार्सले प्रतिकिलो ३००, सौफको साग प्रतिकिलो १००, पुदिना प्रतिकिलो २४०, गान्टे मूला प्रतिकिलो ५०, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो  १००, तोफु प्रतिकिलो १४० र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ।

रासस

Link copied successfully