काठमाडौँ — साताको कारोबारको पहिलो दिन आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार १०० रुपैयाँ कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला चाँदी एक हजार ९१० रुपैयाँमा खरिदबिक्री हुनेछ । गत बुधबार एक तोला चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार दुई सय ४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारत–पाकिस्तान वैमनस्य तथा चीन–अमेरिका व्यापार द्वन्द्वका कारण सुनचाँदीको मूल्यमा केही कमी आएको जनाइएको छ ।
