आज बजारबाट फेरि ५० अर्ब झिक्दै राष्ट्र बैंक

वैशाख २१, २०८२

कान्तिपुर संवाददाता

Rashtra Bank withdrawing 50 billion from the market today

काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आइतबार फेरि ५० अर्ब रुपैयाँ बजारबाट झिक्न लागेको छ ।

अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ । यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको सूचनामा उल्लेख छ ।

बजारमा आवश्यकभन्दा धेरै पैसा (तरलता) भएको भन्दै त्यसलाई कम गरेर ठिक्क बनाउन (व्यवस्थापन गर्न) राष्ट्र बैंकले आज उल्लिखित रकम झिक्न लागेको हो । करिब डेढ वर्षयता राष्ट्र बैंकले नियमित रुपमा सातामा दुई पटक आइतबार र बुधबार निक्षेप संकलन उपकरणमार्फत् बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज फेरि झिक्न लागेको हो ।

निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ ।

कान्तिपुर संवाददाता

Link copied successfully