नागढुंगा-पिप्लामोड सडक खण्ड १० दिन आंशिक बन्द हुने

वैशाख २०, २०८२

कान्तिपुर संवाददाता

Nagadhunga-Piplamod road section will be partially closed for 10 days

काठमाडौँ — नागढुंगा-पिप्लामोड सडक दस दिन बन्द हुने भएको छ । सोमबारदेखि वैशाख ३१ गतेसम्म उक्त सडक खण्ड आंशिकरुपमा बन्द गरेर काम गर्न लागिएको हो ।

सडक निर्माण सुधार गर्नुपर्ने भएकोले राति ११ बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द रहने नागढुंगा–मुग्लिन सडक पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए ।

Nagadhunga-Piplamod road section will be partially closed for 10 days

उक्त अवधिभर वैकल्पिक मार्गहरु प्रयोग गर्न सार्वजनिक सूचना गरेर सबैमा जानकारी गराएको ओझाले जानकारी दिए । अहिले १.८ किलोमिटरमा सडक सुधार गर्न लागिएको आयोजनाले जनायो ।

Nagadhunga-Piplamod road section will be partially closed for 10 days

कान्तिपुर

Link copied successfully