रुग्ण उद्योगलाई पुनः सञ्चालन गरिने

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Ailing industries will be reactivated

काठमाडौँ — व्यावसायिक सम्भावना भएका रुग्ण उद्योगलाई सरकारले पुनः सञ्चालन गर्ने भएको छ। शुक्रबार संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले व्यवस्थापनका उपयुक्त विधि अपनाएर पुनः सञ्चालन गरिने बताए।

त्यस्तै, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र पूर्वाधार निर्माण सञ्चालनलाई प्राथमिकता दिइने बताए। ‘विशेष आर्थिक क्षेत्र सार्वजनिक-निजी साझेदारी मोडलमा सञ्चालन तथा विस्तार गरिनेछ,’ राष्ट्रपति पौडेलले भने।

कान्तिपुर

Link copied successfully