सुन तोलामा सात सयले घट्यो

वैशाख १७, २०८२

रासस

Gold fell by 700 tolas

काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ७०० ले घटेको छ । मङ्गलबार प्रतितोला एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

चाँदीको मूल्य प्रतितोला ५ ले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी एक हजार ९७० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

रासस

Link copied successfully