सुनको मूल्य पाँच सय रुपैयाँले बढ्यो

वैशाख १६, २०८२

रासस

The price of gold increased by five hundred rupees

काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला एक लाख ८८ हजार तीन सय रुपैयाँमा खरिदबिक्री भएको सुनको मूल्य आज ५०० रुपैयाँले बढेर एक लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँ कायम भएको छ । सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो ।  

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रासस

Link copied successfully