सुनको मूल्य प्रतितोला एक हजार ४ सयले घट्यो

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

The price of gold decreased by 1 thousand 400 per tola

काठमाडौँ — आज सुनको मूल्य तोलामा एक हजार ४ सय रुपैयाँले गिरावट देखिएको छ ।

आइतबार प्रतितोला एक लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ८८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महास्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० घटेर एक हजार ९७० रुपैयाँ कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

कान्तिपुर

Link copied successfully