आगामी आर्थिक वर्षको बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउँछ : सभापति देउवा

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

The budget for the next fiscal year will make the economic sector more dynamic: Chairman Deuba

काठमाडौँ — कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी बजेटले निजी क्षेत्रले उठाएका सवालहरूलाई सम्बोधन गर्ने बताए  । उनले व्यापार र उद्योगका लागि व्यापारी र उद्योगपतिले नै जिम्मेवारी वहन गर्नुपर्ने विचार व्यक्त गर्दै सरकारले व्यापार सञ्चालन गर्ने काम नगर्नु पर्ने बताए  ।

सभापति देउवाले भने, ‘व्यापारीले व्यापार गर्ने हो, उद्योगपतिले उद्योग खोल्ने हो । सरकारले व्यापार र उद्योग सञ्चालन गर्ने होइन । त्यसकारण निजी क्षेत्रले नै व्यापार सञ्चालन गर्नुपर्छ भन्ने नेपाली कांग्रेसको मान्यता रहेको छ । मलाई विश्वास छ, आर्थिक वर्ष ०८२/०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवालहरूलाई सम्बोधन गर्नेछ र आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ ।’

सभापति देउवाले निजी क्षेत्रसँगको संवादबाट आगामी आर्थिक वर्षको बजेट राम्रो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully