काठमाडौँ — पेट्रोल र डिजेलबाट चल्ने व्यक्तिगत तथा विद्युतीय सबै (व्यक्तिगत तथा सार्वजनिक) सवारीसाधन खरिदमा हायर पर्चेज कर्जा दिने कम्पनीले पनि मूल्यको ६० प्रतिशतसम्म मात्र ऋण दिन पाउने भएका छन् ।
राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत गरेको उक्त व्यवस्था बैंक तथा वित्तीय संस्थाको हकमा यसअघि नै लागू भइसकेको छ । अहिले राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीका लागि पनि सोही व्यवस्था लागू गरेको हो ।
यसअघि यी कम्पनीले व्यक्तिगत विद्युतीय सवारीमा ८० प्रतिशतसम्म र सार्वजनिक विद्युतीय सवारीमा शतप्रतिशतसम्म ऋण दिँदै आएका थिए ।
