काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार १४.५३ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.५४ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ४७.०७ बिन्दुमा ओर्लेर बन्द भएको छ । आइतबार नेप्से साढे ३ अंकले बढेर बन्द भएको नेप्सेको वृद्धि सोमबारसम्म पनि नटिकेको हो ।
सो दिन कारोबारमा आएकामध्ये ७८ कम्पनीको सेयर मूल्य बढ्यो भने १६७ वटाको घट्यो ।
७६ हजार ९ सय ९८ पटकको सेयर कारोबारमा २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब ९१ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको हो । आइतबार नेप्से सामान्य अंकले मात्र सुधार भएपनि १० अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी र व्यापार बाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।
