सुन तोलाको एक लाख ८९ हजार ७ सय रुपैयाँ

वैशाख १४, २०८२

रासस

One lakh 89 thousand 7 hundred rupees of gold tola

काठमाडौँ — आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोही परिमाणको चाँदी आज एक हजार ९९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

गत शुक्रबार एक तोला सुन एक लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार रुपैयाँमा किनबेच भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔंस सुन तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

रासस

Link copied successfully