काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ३.५८ अंकले बढेको छ । शून्य दशमलव १३ प्रतिशतले बढेर २६६१.६० विन्दुमा उक्लिएको छ ।
कुल १०४ कम्पनीको सेयर मूल्य बढ्यो भने १४१ कम्पनीको मूल्य घट्यो ।
आज ८९ हजार १६१ पटकको सेयर किनबेचबाट १० अर्ब ८७ करोड ९९ लाख ९१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
कुल २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर किनबेच भए । आज अधिकांश उपसमूहहरु घटेका छन् ।
