एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

वैशाख १२, २०८२

रासस

The price of gold decreased by one thousand rupees

काठमाडौँ — सुनको मूल्य तोलामा एक हजार घटेको छ । बिहीबार प्रतितोला एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ८९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । 

रासस

Link copied successfully