सामान्य अंकले बढ्यो नेप्से

वैशाख ११, २०८२

कान्तिपुर संवाददाता

NEPSE increased by normal points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक २.०८ अंकले बढेको छ । शून्य दशमलव शून्य ७ प्रतिशतले बढेर २६५८.०२ बिन्दुमा उक्लिएको छ ।

कुल ८३ कम्पनीको सेयर मूल्य बढ्यो भने १६१ कम्पनीको मूल्य घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो ।

आज  ७० हजार ७०३ पटकको सेयर किनबेचबाट ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कुल १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर किनबेच भए । आज अधिकांश उपसमूहहरु घट्यो ।

कान्तिपुर

Link copied successfully