एनएमबीको सीईओमा घिमिरे 

वैशाख ११, २०८२

कान्तिपुर संवाददाता

Ghimire became the CEO of NMB

काठमाडौँ — एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव भएका घिमिरे १६ वर्षदेखि बैंकमा आबद्ध छन् ।

बैंकका विभिन्न विभाग तथा शाखाको नेतृत्व गरेका घिमिरे यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिए । उनले बैंकको सेवा विस्तार र सुधारमा महत्त्वपूर्ण योगदान दिई आएको जनाइएको छ ।

बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासलाई अघि बढाउन घिमिरेले सक्रिय भूमिका निर्वाह गर्दै आएको बैंकले बताएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully