ऊर्जामन्त्री खड्का र भारतका विद्युत्‌मन्त्री खट्टर अरुण तेस्रोको निरीक्षण गर्दै

वैशाख ९, २०८२

दीपेन्द्र शाक्य

Power Minister Khadka and India's Power Minister Khattar Arun inspecting the third

संखुवासभा — ऊर्जा मन्त्री दीपक खड्का र भारतका विद्युत्‌मन्त्री मनोहरलाल खट्टरले संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजना स्थल तथा ड्याम साइटको निरीक्षण गरेका छन्।

मंगलबार सेनाको हेलिकोप्टरबाट ड्याम साइट पुगेका उनीहरूले अरुण तेस्रोको भौतिक प्रगति, सुरुङ मार्ग तथा कामको प्रगतिका बारेमा जानकारी लिएका छन्। मन्त्रीद्वयले चिचिलामा निर्माणाधीन पावर हाउसको पनि अवलोकन गरेका छन्।

दीपेन्द्र

Link copied successfully