एक तोला सुनको मूल्य दुई लाख नजिक

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

A tola of gold costs close to two lakhs

काठमाडौँ — अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढिरहेको छ ।  त्यसको असर स्थानीय बजारमा पनि परेको छ । आज एक तोला पहेँलो धातुको मूल्य एक लाख ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा छ हजार ९ रूपैयाँले  सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँले  बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रूपैयाँ कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा  कारोबार भइरहेको छ ।

कान्तिपुर

Link copied successfully