काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७.७५ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.२८ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ९८.२८ विन्दुमा ओर्लेको छ । आइतबार १६.६८ अंकले घटेर २ हजार ७ सय ६.०४ अंकमा बन्द भएको नेप्से सामेबार पौने आठ अंकले घटेको हो ।
सो दिन कारोबारमा आएकामध्ये ११२ कम्पनीको सेयर मूल्य बढ्यो भने १३३ वटाको घट्यो र एउटा कम्पनीको स्थिर रहयो ।
७८ हजार ६ सय ७८ पटकको सेयर कारोबारमा २ करोड १२ लाख ३ हजार ७ सय ६६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब ७७ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक घटेपनि कारोबार रकम बढेको हो । आइतबार ८ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ, वित्त कम्पनी, लघुवित्त, जीवन बिमा, निर्जीवन बिमा, व्यापार र अन्यको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढेको नेप्सेले जनाएको छ ।
