नागरिक लगानी कोषले एक प्रतिशतका दरले प्रतिफल दिने

वैशाख ८, २०८२

कान्तिपुर संवाददाता

Citizen Investment Funds will give returns at the rate of one percent

काठमाडौँ — नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीलाई एक प्रतिशतका दरले प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तमा कोष मौज्दात रहेका सहभागीलाई ०८० चैत मसान्तसम्मको कोष मौज्दातमा कुल सञ्चित मुनाफाबाट उक्त प्रतिफल प्रदान गर्ने निर्णय गरेको हो ।

कार्यक्रमका सहभागीलाई उनीहरुको खातामा जम्मा भएको रकमको एक प्रतिशतका दरले एक अर्ब ५२ करोड रुपैयाँ प्रतिफल प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

बचत वृद्धि अवकाश कोषका सहभागीको खातामा कोषले प्रदान गरेको थप रकम जम्मा भइसकेको छ । यसअघि पनि कोषले थप प्रतिफल प्रदान गर्दै आइरहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully