९ महिनामा मुलुकको व्यापार घाटा सवा ११ खर्ब रुपैयाँ

वैशाख ७, २०८२

कान्तिपुर संवाददाता

In 9 months, the country's trade loss is 1.1 trillion rupees

काठमाडौँ — चालु आर्थिक वर्षको ९ महिनामा मुलुकको व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिका तुलनामा ६.४५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो ९ महिनामा व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नेपालमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोडको वस्तु आयात भएको थियो । ९ महिनाको अवधिमा आयात व्यापार १२.१८ प्रतिशतले बढेको हो । 

विभागका अनुसार निर्यात व्यापार ६५.१६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्म १ खर्ब ८८ अर्ब १९ करोडको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully