सुनचाँदीको मूल्य स्थिर

वैशाख ७, २०८२

कान्तिपुर संवाददाता

Gold price stable

काठमाडौँ — नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर छ ।

आज पनि शुक्रबार जस्तै सुन प्रतितोला एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी एक हजार ९६० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

कान्तिपुर

Link copied successfully