नेप्से परिसूचक र कारोबार रकम दुवै घटे

वैशाख ७, २०८२

कान्तिपुर संवाददाता

Both the NEPSE index and turnover fell

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १६.६८ अंकले घटेर २ हजार ७ सय ६.०४ अंकमा ओर्लेको छ । गत बिहीबाको तुलनामा यो ०.६१ प्रतिशतले कम हो ।

अघिल्ला तीन कारोबार दिन लगातार बढेको नेप्से आइतबार दोहोरो अंकले घटेको हो । सो दिन कारोबारमा आएकामध्ये ५३ कम्पनीको सेयर मूल्य बढ्यो भने १९२ वटाको घट्यो र एउटा कम्पनीको स्थिर रहयो । 

७४ हजार ४५ पटकको सेयर कारोबारमा २ करोड १३ लाख २३ हजार ९ सय ६७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत बिहीबारको तुलनामा कारोबार रकम घटेको हो ।

गत बिहीबार १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार र उत्पादन तथा प्रशोधनबाहेक सबैको परिसूचक घटेपछि समग्र नेप्से दोहोरो अंकले घटेको हो । 

कान्तिपुर संवाददाता

Link copied successfully