सुनको मूल्यमा सामान्य गिरावट

वैशाख ५, २०८२

रासस

General decline in gold prices

काठमाडौँ — सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला एक लाख ९० हजार छ सयमा कारोबार भएको सुन आज तोलामा आठ सय घटेको छ। 

आज सुन प्रतितोला एक लाख ८९ हजार छ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।     

यस्तै, चाँदी एक हजार नौ सय ६० मा किनबेच हुनेछ । यो मूल्य आज पनि स्थिर रह्यो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

रासस

Link copied successfully