काठमाडौँ — सुनको मूल्य तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
बुधबार प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा तीन हजार ६ सयले बढेर एक लाख ९० हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको एक हजार ९६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा पाँचले बढेर एक हजार ९६० रुपैयाँ कायम भएको हो ।
