नेप्से २७ सय नजिक, साढे ७ अर्बको कारोबार

मंगलबार २७.१४ अंकले बढेको नेप्से बुधबार पनि बढेर २ हजार ६ सय ९६.२३ अंकमा उक्लियो 

वैशाख ४, २०८२

कान्तिपुर संवाददाता

NEPSE close to 2700, turnover of 7.5 billion

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधरबार ७.१ अंकले बढेको छ । मंगलबार २७.१४ अंकले बढेको नेप्से बुधबार पनि सोही प्रवृत्ति पछ्याउँदै शून्य दशमलव २६ प्रतिशतले बढेर २ हजार ६ सय ९६.२३ अंकमा उक्लेको हो । गत चैत २० मा नेप्से २ हजार ७ सय अंकमा थियो । त्यसपछि केही घटेको बजार बुधबार फेरि २ हजार ७ सय नजिक पुगेको हो । 

बुधबार कारोबारमा आएकामध्ये १४७ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको घट्यो, बाँकी २ कम्पनीको सेयर मूल्य स्थिर रहयो ।

यस दिन कुल ६४ हजार ३ सय ६० पटकको कारोबारमा १ करोड ६६ लाख ११ हजार ५ सय ३२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको हो । मंगलबार ८ अर्ब ५४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी, लघुवित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त, लगानी र अन्यको परिसूचक घटे । बैंकिङ, विकास बैंक, जलविद्युत्, जीवन बिमा, सामूहिक लगानी कोष, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक बढेको नेप्सेले जनाएको छ ।

बुधबार निर्जीवन बिमा ६८.७६, विकास बैंक ६१.८९, जलविद्युत् ५६.८२ अंकले बढे । तर, अन्य उपसमूहका परिसूचक २६.१६, वित्त कम्पनी १७.३६, उत्पादन तथा प्रशोधन ११.४६ र होटल तथा पर्यटन ११.०३ अंकले घटे । 

कर्पोरेट विकास बैंक र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेकरमार्फत कारोबार बन्द भयो । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको ९.९९, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स ९.९९ राधी विद्युत् कम्पनी ९.९७ प्रतिशतले सेयर मूल्य बढेको नेप्सेले जनाएको छ । 

ङादी ग्रुप पावरको ७.४६, ग्रिन डेभलपमेन्ट बैंक ६.४९, शिवश्री हाइड्रोपावरको ५.८४, हिमालयन पावर पार्टनरको ५.८२ र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको मूल्य ५.२२ प्रतिशतले बढेको छ ।

गुराँस लघुवित्तको ५.५५, सिन्धु विकास बैंकको ४.३९, रिभर फल्स पावरको २.७०, मन्दाकिनी हाइड्रोपावरको १.९७ प्रतिशतले सेयर मूल्य घटेको छ । महालक्ष्मी डिबेन्चर २०८९ (११ प्रतिशत) को १.९७, केबीएल डिबेन्चर २०८९ (११ प्रतिशत) को १.८५, सिटिजन्स बैंकको १.८५, माछापुच्छ्रे बैंक डिबेन्चर २०८५ (१०.२५ प्रतिशत) १.८०, हाथवे इन्भेस्टमेन्ट कम्पनीको १.७८ र सिभिल बैंक डिबेन्चर २०८८ को १.७८ प्रतिशतले मूल्य घट्यो । 

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, राधी विद्युत् कम्पनी, बलेफी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र हिमालयन पावर पार्टनरको अघि रह्यो । सबैभन्दा बढी ङादी ग्रुप पावरको ५९ करोड ४१ लाख ५३ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

राधी विद्युत् कम्पनीको ५० करोड ७२ लाख, बलेफी हाइड्रोपावरको ४२ करोड ८७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४० करोड ३६ लाख र हिमालयन पावर पार्टनरको ३१ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully