नेप्सेमा साढे २६ अंकको वृद्धि, पौने ११ अर्बको सेयर कारोबार

वैशाख ४, २०८२

कान्तिपुर संवाददाता

An increase of 26 and a half points in NEPSE, a share turnover of 11 billion

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार २६.४९ अंकले बढेर २ हजार ७ सय २२ दशमलव ७३ अंकमा पुगेको छ। बुधबारको तुलनामा यो ०.९८ प्रतिशतले वृद्धि हो। गत मंगलबारदेखि नेप्से लगातार उकालो लागिरहेको छ।

बिहीबारको कारोबारमा १८७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ५९ कम्पनीको सेयर घटेको छ।

करिब ९० हजार ५ सय ५५ पटक भएको कारोबारमा २ करोड ३७ लाख ७३ हजार ७ सय ३१ कित्ता सेयर किनबेच भएका छन्। ती कारोबारबाट १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा उल्लेखनीय वृद्धि देखिएको हो। बुधबार ७ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

उक्त दिन व्यापार उपसमूह बाहेक सबै उपसमूहको परिसूचकमा उल्लेखनीय वृद्धि भएकोले नेप्से समग्रमा उक्लन मद्दत पुगेको हो।

कान्तिपुर

Link copied successfully