सुनको मूल्य निरन्तर उकालो : आज तोलाको एक लाख ८७ हजार रुपैयाँ कायम

वैशाख ३, २०८२

रासस

The price of gold continues to rise: Today, one lakh 87 thousand rupees per tola remained

काठमाडौँ — सुनको मूल्य तोलाको एक लाख ८७ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । मंगलबार प्रतितोला एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन बुधबार तोलामा दुई हजार ७ सय रुपैयाँ बढेर एक लाख ८७ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको एक हजार ९५५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार २८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

रासस

Link copied successfully