इन्धनको मूल्य घट्यो

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३  रुपैयाँ घटाएको हो ।

वैशाख २, २०८२

कान्तिपुर संवाददाता

Fuel prices fell

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य घटेको जनाउँदै निगमले यहाँ पनि मूल्य घटाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३  रुपैयाँ घटाएको हो ।

नयाँ मूल्यसूचीअनुसार उपत्यकामा प्रतिलिटर पेट्रोल १ सय ६० रुपैयाँ  र  डिजेल र मट्टितेल १ सय ४६ रुपैयाँ पर्नेछ । नयाँ मूल्य सोमबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully