८.८४ अंकले घट्यो नेप्से

चैत्र ३१, २०८१

कान्तिपुर संवाददाता

NEPSE decreased by 8.84 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ८.८४ अंकले घटेको छ । शून्य दशमलव ३३ प्रतिशतले घटेर २६६१.८६ विन्दुमा बन्द भएको छ । 

कुल ८८ कम्पनीको सेयर मूल्य बढ्यो भने १५७ कम्पनीको मूल्य घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो । 

कुल ५४ हजार ३६१ पटकको किनबेचबाट ६ अर्ब २८ करोड २ लाख ९६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । 

आज १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर किनबेच भए । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ९.९८, त्रिशुली जल विद्युत् कम्पनी ५.७८, एनआबीएल स्टेबल फन्ड ५.२२ र राधी विद्युत् कम्पनी ४.७६ ले मूल्य बढ्यो । 

कान्तिपुर

Link copied successfully