उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन अर्थमन्त्रीलाई बुझाइयो

चैत्र २९, २०८१

कान्तिपुर संवाददाता

The report of the High Level Economic Reforms Suggestion Commission was submitted to the Finance Minister

काठमाडौँ — उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन अर्थमन्त्री विष्णु पौडेललाई बुझाइएको छ । शुक्रबार बिहान अर्थमन्त्रालयमा एक समारोहकाबीच पूर्वसचिव रामेश्वर खनालको संयजकत्वमा गठित समितले उक्त प्रतिवेदन बुझाएको हो ।

६ महिना लगाएर तयार पारिएको आर्थिक गतिविधि सुधारका विषयलाई समेटेर अर्थमन्त्रीलाई प्रतिवेदन बुझाइएको आयोगका अध्यक्ष पूर्वसचिव खनालले बताए । 

प्रतिवेदन बुझ्दै अर्थमन्त्री पौडेलले प्रतिवेदनलाई गम्भीरता पूर्वक ग्रहण गर्ने बताए । 'हामी बजेटको पूर्वसन्ध्यामा छौं । यस प्रतिवेदनले पक्कै बजेट निर्माणमा समेत सहयोग पुग्नेछ,' उनले भने, 'आयोगले सुझाएका सुधार्नुपर्ने आर्थिक विषयलाई कार्यान्वनय गर्छौं ।'

यसअघि आयोगले गत पुस २४ गते तत्काल गर्नुपर्ने विषय समेटेर अन्तरिम प्रतिवेदन बुझाएको थियो ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ :

कान्तिपुर

Link copied successfully